विहानको घामसँगै कैले लोलाउँन मन लाग्छ

शनिबार, अशोज १३, २०७५



आफु मैमत्त हुँदै अरुलाई पोल्छ, पत्तो हुँदैन
स्वयमले आफ्नो पृष्ठभूमि खोल्छ, पत्तो हुँदैन
यताउता डुक्रिन्छ विरोधका लागि विरोध गर्छ
अनुभवविनाको मान्छेले के बोल्छ,पत्तो हुँदैन ।

 

बाँच्न अभिप्रेरित गर्ने, जज्मेन्ट जस्तो होस्
बुझेर लेख्नेको शालीन,कमेन्ट जस्तो होस्
समाजलाई भाडेर होइन, जोडेर सधैं सधैं
मानव सम्बन्ध, इँटा र सिमेन्ट जस्तो होस् ।

 

विहानको घामसँगै कैले लोलाउँन मन लाग्छ
डिलमा पल्टेर कैले एक्लै टोलाउँन मन लाग्छ
उनको जूनजस्तै सुकिलो ति मुस्कान सम्झेर
बताससङ्गै कैले उनलाई बोलाउँन मन लाग्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank