निर्वाचनमा जान तयार छौं तर मुख्य मुद्धा चुनाव हैन- विक्रमासिंघे

आइतवार, मंसिर ९, २०७५



श्रीलंका । श्रीलंकाको राजनैतिक तनाव पछि पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले भनेका छन् । उनको पार्टी संसद भंग गर्ने र चुनावमा जाने बारेमा सदनको एक प्रस्तावमा समर्थन गर्न सक्नेछ । निर्वाचन गर्ने तिथी कहिले तोक्ने भन्ने सवालमा संसदमा फैसला गरिनु पर्ने उनको धारणा रहिआएको छ ।

संसदको दुई तिहाई सदस्यले निर्वाचनको फैसला गर्न सक्नेछ । यद्पी मुख्य मुद्धा चुनाब हैन । मुख्य मुद्धा अधिकारको रक्षा हो । शनिबार सार्वजनिक र्यालीलाई सम्बोधन गर्दै नेता विक्रमासिघेंले भने, यदि कुनै पनि समुहसँग बहुमत नभए उसले राजीनामा दिनु पर्नेछ ।

यहि नोभेम्बर २९ मा हुने संसदको दोस्रो भोटमा बहुमत गुमाएपछि पद नछोडे वर्तमान सरकारको विरुद्ध सडकमा जान बाध्य हुनेछौं । गत २६ अक्टोबरमा राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमासिंघेलाई हटाउँदै पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेसँगै संकटमा फसेको श्रीलंका राजनीतिले निकास फेला पार्न सकेको छैन ।

राष्ट्रपतिको आदेशलाई सुप्रिम कोर्टले उल्टाए पछि बल्झेको संकट संसदमा प्रवेश गरेको छ । सभामुख करु जयासुरियाले प्रधानमन्त्रीको विरुद्ध भोटिङ गराउने खेलसँगै कुटपिट र खुर्सानीको धुलो फ्याँकेपछि संसदले निकास दिन सकेको छैन ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank