मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शनिबार, कार्तिक ३०, २०७६



चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकल  अनियन्त्रित भई पल्टिँदा  सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको  हो। दुर्घटना राति १२ बजे भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata