पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्न संसदीय समितिको निर्देशन

गुणस्तरहिन काम भएको ठहर

शुक्रबार, जेष्ठ ३१, २०७६



काठमाडौं । विवादित बन्दै आएको पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्न संघीय संसदको विकास तथा प्रविधि समिति सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौंको तीनकुनेस्थित बाग्मती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित कन्स्ट्रक्सनले गुणस्तरहिन सामग्रीको प्रयोग गरेको भन्दै कार्बाही गर्न निर्देशन दिएको हाे ।

शुक्रबार सिंहदरबारमा बसेको समितिकाे बैठकले पुल निर्माणमा गम्भिर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै कारबाही गर्न निर्देशन दिएको हो । उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले उक्त कम्पनीलाई कार्वाही गर्न निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

समितिले सो पुलको पुन डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समिति सदस्यहरुले ब्यस्त सडकका पुलको निर्माणमा ढिलाई गर्न नहुनेमा जोड दिएका थिए । समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो ।

सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कारबाही गर्न सिफारिस गरेको समितिको बैठकको निश्कर्ष रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata