हरियाणा काँग्रेस प्रवक्ताको गोली हानी हत्या

बिहिबार, असार १२, २०७६



एजेन्सी । भारतीय राज्य हरियाणाको काँग्रेस आईको प्रवक्ता विकास चौधरीको गोली हानी हत्या गरिएको छ । हरियाणाको फरिदाबादमा दुई व्यक्तिले आज(बिहिबार) अन्धाधुन्ध गोली वर्षाउँदा उनको मृयु भएको सर्वोदय अस्पतालले जानेको छ ।

गम्भीर र घाइते अवस्थामा सर्वोदय अस्पताल लागे पनि उनको आठ/दश गोली लागेको कारण बचाउन असफल भएको जनाइएको छ । घटनापश्चात हरियाणा काँग्रेस अध्यक्ष अशोक तनवोरले जंगलराजको संज्ञा दिएका छन् । मृतक चौधरीको हत्यासँगै कानुनीराजको खिल्ली उडाईएको काँग्रेसले जनाएको छ ।

भारतमा पछिल्लो समय कानुनको कसैलाई डर नभएको बताउँदै काँग्रेसले हत्याको गम्भीर छानबिनको माग गरेको छ । स्मरण रहोस्, गत १७ जुनमा झारखण्डमा तबरेज आन्सारी नामक एक युवकलाई खुल्ला चौरमा बीसौं मानिसले पिटीपिटी हत्या गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata