पार्टी भित्रको गुट-उपगुटको अन्त्य गर्छु: उपसभापति गच्छेदार

बुधबार, कार्तिक २१, २०७५



काठमाडौं । नेपाली कांग्रेसका नब नियुक्त उपसभापति विजयकुमार गच्छेदारले पार्टी भित्रको गुट- उपगुटको अन्त्य गर्ने बताएका छन् । नब नियुक्त उपसभापति गच्छेदारले पार्टी भित्र रहेको गुट उपगुटको अन्त्य गरि पार्टीलाई एक ढिक्का बनाएर जाने बताएका हुन् ।

बुधबार राजधानीमा देउसी भैंलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै गच्छेदारले भने, ‘सकेसम्म म पार्टीभित्रको गुट अन्त्य गर्छु’,सकिन भने विवादलाई न्यूनिकरण गर्छु ।’ पार्टीले दिएको महत्वपूर्ण भूमिका कुशलताका साथ सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

उनले कांग्रेस आउँदो निर्वाचनमा एक नम्बर पार्टी बन्ने समेत दाबी गरेका छन् ।

89 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank