फोरम लोकतान्त्रिकबाट कसले कुन मन्त्रालय सम्हाल्ने ?

सोमवार, बैशाख २५, २०७४



विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्ष गच्छदारसहित जितेन्द्र देव र गोपाल दहित सरकारमा सहभागी हुने भएका छन् । फोरमको सोमबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा जाने र सरकारमा सहभागी हुनेको नाम टुंगो लगाएको हो ।

पार्टीका तर्फबाट सरकारको नेतृत्व राष्ट्रिय अध्यक्ष गच्छदारले गर्ने छन् । उनले यसअघि कमल थापाले लिएको उपप्रधान तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी लिनेछन् ।

बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारीमा जितेन्द्र देव र भूमिसुधार मन्त्रालयको जिम्मेवारीमा गोपाल दहितलाई पठाउने निर्णय गरेको छ ।

740 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank