विनियोजन विधेयक माथिको छलफल सकियो

मङ्लबार, असार १२, २०७५



काठमाडौं ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि विनियोजन विधेयक, २०७५ माथिको छलफल मंगलबारबाट सकिएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विभिन्न शिर्षकहरु माथि छलफल भएको छ ।

छलफलमा सांसदहरुले विनियोजित बजेटमा भैपरी आउने खर्च आवश्यकता भन्दा बढी रकम राखिएको, बजेटले पुराना कार्यक्रमलाई निरन्तरता मात्रै दिएको र नयाँ कार्यक्रम नआएकाले रकम कटौती गर्नु पर्ने बताएका छन् ।
सांसदहरुले राष्ट्रिय योजना आयोगको बजेट संघीयता विरोधी रुपमा आएको, बजेटले संविधानको भावना आत्मसाथ गर्न नसकेको र केन्द्रीय योजनाहरु मात्रै आएको बताउँदै बजेट परिणाम मुखी र लक्षित वर्गसम्म पुग्ने गरी आउनु पर्नेमा सांसदहरुले विशेष जोड दिएका छन् ।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आवश्यकता भन्दा बढी विना योजना बजेट केन्द्रीत गरिएकाले संघीयतालाई आत्मसाथ गर्ने गरी बजेट आउनु पर्ने बताउँदै खर्च गर्ने विषय र उद्देश्य स्पष्ट नगरि बजेट आएको गरीवी निवारण कोषमा अनुदान दिने रकम के कसरी दिने ? स्पष्ट गर्नु पर्ने, राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय भित्र नराखी गृह मन्त्रालय अन्र्तगत राख्नु पर्ने बताए ।
सांसदहरुले पुनर्निर्माण प्राधिकरणको अनुदान लिने झन्झटिलो प्रक्रियाका कारण पिडित झन् पिडित भएका भन्दै प्रक्रिया सहज बनाउन र पिडितलाई छिटो रकम प्राप्त गर्ने वातावरण बनाउन माग समेत माग गर्दै राष्ट्रिय योजना आयोगको योजनाहरु पनि सन्तुष्ट हुने खालका नरहेकाले त्यसमा स्पष्ट खाका सहित वजेट आउनु पर्ने बताएका छन् ।
छलफलमा सांसदहरु जिवनराम श्रेष्ठ, राजेन्द्रकुमार केसी, रामबहादुर विष्ट, सरिता कुमारी गिरी, बालकृष्ण खाँड, पुष्पाकुमारी कर्ण कायस्थ, दिलेन्द्रप्रसाद बडु लगायतले धारणा राखेका थिए ।
बैठक आजै १५मिनेट पछि बस्ने गरी स्थगित भएको छ । बजेट माथिको मन्त्रालयगत छलफल सकिएकाले अब १५ मिनेट पछि बस्ने बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले जवाफ दिने कार्यक्रम तय गरिएको सभामुख महराले बैठकलाई जानकारी गराएका छन् ।

192 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank