राष्ट्रपति भण्डारीद्वारा संसद बैठक आह्वान

मङ्लबार, मंसिर २४, २०७६



काठमाडौं । राष्ट्रपति कार्यलयले  पुष ४ गतेका लागि संसद बैठक आह्वान गरेको छ । मंगलबारराष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुष ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी  हुन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए ।

संसदको चौथो अधिवेशन गत असोज २ गते सकिएको थियो । संसद अधिवेशन सकिएलगत्तै तत्कालिन सभामुख कृष्णबहादुर महरा जवर्जस्ती करणी उद्योगमा मुछिएपछि राजीनामा दिएक थिए । हाल प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुख नहुँदा उपसभामुखको अध्यक्षतामा बैठक बस्ने सक्ने प्रावधान छ ।

अब बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । संसद सञ्चालनमा आएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments