म्यान्मारको भ्रमण पश्चात राष्ट्रपति भण्डारी जापान प्रस्थान

आइतवार, कार्तिक ३, २०७६



काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको  ५ दिने  राजकीय भ्रमण पुरा गरेर आज जापान जाने भएकी छन् । राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी हुन  न जान लागेको हो । कात्तिक ५ गते जापानी सम्राटको राज्याभिषेकको कार्यक्रम रहेको छ ।

थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आज राति जापान पुग्नेछ । कात्तिक ६ गते राष्ट्रपति भण्डारी स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको पाँच दिने राजकीय भ्रमण पूरा गरेकी थिइन् । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी रहेका छन् ।

राष्ट्रपतिसँग म्यानमारका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गरेका थिए । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata