राष्ट्रपति भण्डारीद्वारा आभार व्यक्त

बुधबार, अशोज २९, २०७६



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्दै ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले आज(बुधबार) म्यान्मारको औपचारिक भ्रमणमा निस्कनुअघि ट्विट गर्दै राष्ट्रपति सीको राजकीय भ्रमण सफल बनाएकामा नेपाली दाजुभाइ तथा दिदीबहिनी, सुरक्षा अङ्ग, आमसञ्चार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त भ्रमणबाट जनतामा देखिएको खुसी र उत्साह साकार पार्न आफ्नो अनवरत प्रयास हुने उल्लेख गरे ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले गत २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata