आधा मत गन्दा विद्या करिब दोब्बर मतले अगाडि

आइतवार, मंसिर १५, २०७६



काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।  स्थानिय तहको अधिंकाश स्थानमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जीत हासिल गरेको छ ।

सबै भन्दा बढि चासोको रुपमा हेरिएको कास्की क्षेत्र नम्बर दुईमा प्रतिनिधि सभाको तर्फ नेकपा उम्मेदवार विद्या भट्टराई करिब दोब्बर मतान्तरले अघि छिन ।  विद्या भट्टराईका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार  खेमराज पौडेल धेरै मतले  पछि परेका छन ।

भट्टराईले १५ हजार ५ सय ८ मत ल्याउँदा पौडेलले ७ हजार ८ सय ७ मत ल्याएका छन् । अहिले वडा नम्बर १५ को मतगणना जारी रहेको छ । अझै मतगणना हुन  बाँकी  वडा नम्बर ४,७,८,९ र११ रहेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata