राष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश कार्कीबीच के भयो गोप्य भेटमा कुराकानी

आइतवार, बैशाख २४, २०७४



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच आइतबार भेटवार्ता भएको छ। झण्डै एक घण्टासम्म भएको भेटमा महाभियोगलगायत पछिल्लो राजनीतिक विकासक्रम र समसामयिक घटनाक्रममा बिषयमा छलफल भएको छ।

राष्ट्रपति भण्डारीका प्रेस सल्लाहाकार माधव शर्माका अनुसार प्रधानन्यायधीश कार्की आगामी वैशाख २६ गते हुने कानुन दिवस कार्यक्रममा सर्वोच्चमा उपस्थितिका लागि निमन्त्रणा दिन शीतल निवास पुग्नु भएको अन्नपूर्णले लेखेको छ ।

सोही क्रममा राष्ट्रपति र प्रधानन्यायाधीशबीच समसामयिक बिषयमा छलफल भएको शर्माको भनाइ छ। गत आइतबार प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, महाअभियोग प्रस्ताव अगाडि नबढाउन सर्वोच्च अदालतले शुक्रबार दिएको आदेश र निलम्बनमा पर्नुभएकी प्रधानन्यायाधीश कार्की कामममा फर्किनु भएको लगायतका विषयामा गम्भीर छलफल भएको स्रोतको दाबी छ।
प्रधानन्यायाधीश र राष्ट्रपतिबीचको भेटपछि महाअभियोग प्रस्ताव संसदमा दर्ता भएर स्वतः निलम्बनमा पर्नुभएकी कार्की नियमित काममा आउने देखिएको छ।
प्रधानन्यायाधीश कार्की नियमित काममा
संसदमा महाभियोग लगाएपछि निलम्बनमा पर्नुभएकी प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आइतबारदेखि नियमित काममा फर्कनुभएको छ।
कार्कीले अन्य न्यायाधीशका लागि मुद्दाको पेशी तोके पनि आफू भने इजलासमा संलग्न हुनुभएन। विदामा बसेका कारण मुद्दामा सुनुवाइका लागि न्यायाधीश गोपाल पराजुली र दीपकराज जोशीलाई इजलास तोकिएको थिएन।
सर्वोच्च स्रोतका अनुसार आइतबारै प्रधानन्यायाधीश कार्कीको उपस्थितिमा सर्वोच्चको ‘फूल कोर्ट’ बैठक बसेको थियो। फूलकोर्टमा कतिपय न्यायाधीशले अवकास हुने दिन नजिकिएको सन्दर्भमा बिदामा बस्न सुविधायुक्त बाटो हुने धारणा राखेको जनाइएको छ।

1082 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank