भण्डारीद्वारा राष्ट्रपतिमा उम्मेदावारी दर्ता

बुधबार, फाल्गुन २३, २०७४



काठमाडौं । बालवाला राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

राष्ट्रपति भण्डारी बुधबार दिउँसो आफै संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् ।

भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् । समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी रहेका छन् । भण्डारीको उम्मेदवारी दर्तामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यष पुस्पकमल दाहाल प्रचण्डको समेत उपस्थिती रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank