त्यो अन्तिम बिदाई !

बिहिबार, अशोज २६, २०७४

loading...


म सोच्दै थिए कस्तो अचम्म मान्छे मान्छे मरेर जान्छ है ?हो सत्य हो मान्छे मरेर नै जान्छ । निश्चत छ मानव जिवन सधैभरि बाच्नसक्दैन । सक्दो हो त सवै अमरहुदाहुन । यस्तै सोचाइमै दिन बित्दै थियो । सधै झै मौसम सफा नै थियो । तै पनि त्यो निलो बादललाई कालो बादलले छोप्न खोजे जस्तो महसुस हुन्थयो घरि घारि । एक्कासी सोच आयो । साच्चि यसपालीकै होला ?

यसपाली पनि मैले आफुलाई सवै भन्दामाया गर्ने जीजु आमाबाट दशैमा टिका लगाउन पाउछु त ?

किनकि जिजुआमा शिथिल अवस्थामा हुनुहून्थ्यो । उहाँले आफना ९७ वर्षहरु पार गरिसक्नुभएको थियो । मलाइ घरि घरि आफनै सोच आउँथ्यो जिजु आमाको उमेर सम्म बाच्ने सौभाग्य मलाई मिल्ला र ? वाफ रे ? कति बलियो ज्यान । कति धेरै हिम्मत ।

सायद त्यो पहाडका उकाली ओरालीका संघर्षले जिजुआमालाई यहाँसम्म डोर्‍याएको थियो ।

अव जिजुआमाको सामु जानै मन हुन्न मलाई । किनकि उहाँलाई हेर्ने हिम्मत छैन ममा । त्ये बलियो शरिर एक्कासी कमजोर हुन थाल्यो । ती कलिया दातहरु सवै खिइसके । अव त उहाँको ओठमा हासो पनि देख्दिन किनकि बहाको पनि त मन दुख्दो हो मान्छे जति बुढो भएपनि बाच्ने आस रहन्छ । अचानक जिजु आमाको अवस्था एकदमै गम्भिर हुनथाल्यो । अव त जिजुआमा आफेले आस मार्न थाल्नु भयो । एकाएक नाडीको मात्रा हराउन थाल्यो । म एकदम आत्तिएकि थिएँ ।

मलाई एकदम चिच्याएर मन्नमन थियो । जिजुआमा पिलिज नजानुस न । अफैहजुरको जिवनको कहानी सुन्नै बाँकि छ । हजुरको कहानी हजुरको बिहेको साडी , त्यो तिलहरी,अनि जिजुबाको प्रेमकहानी । तलाई त भनिहाल्छु नि कान्छि ! भन्नुभएको थियो नि खै त सवै अधुरा छन ? म अझै सुन्न् चाहान्छु जिजुआमा । एकाएक सवै कुरा सान्त हुन थाल्यो । सुन्यता छायो । घरपरिवारको माहोल ,जिजुआमाले पुजा गर्ने मन्दिर ,ती देवि देवता । ती साना बिरालीहरु जसलाई सधैँ आमाले दुधभात दिनुहुन्थ्यो,तिनिहरुको पनि आँखामा आँसु देख्थे मैले । राम्रो मान्छे कसलाई प्यारो हून्न र ? एका एक सवै कुरा सान्त भयो । उहाँको छोरा छोरीहरु एक्कासी रुन थाल्नुभयो । छोरीहरु आमा भन्दैरुन थाल्नुभयो । म झसगं भएँ ।

मलाइ यति धेरै माया गर्ने जिजुआमा त कसैकि आमा पो हो त । आमा यो शब्द कति प्यारो छ है अनि कति मिठो पनि छ । के यो शब्द बिनासंसार छ त ? संसार नै छैन । आमा ,,,,,,नजाउ न । आमा,,,,,, यी शब्द मेरो कान भरि गुन्जिए । रातमा कालो बादल छाए जस्तै अनुभुति भयो । जहाँको त्यो अन्तिम घडिले मलाई आमा शब्दको अलग्गै पहिचान दिइरहेको थियो । कति महान छ यो शब्द र कति महान हुन्छिन आमा र कति पिडादायिक हुन्छ आफुलाई सवैभन्दा माया गर्ने मान्छेको अन्त्य । जिजुआमाको दाहस संस्कारको समय भयो सवैका आँखामा आँसुदेख्दै थिएँ म । आफ्नै आँखाबाट आँसु खसेको भ्याउ नै भएन मलाई ।

मेरो मनले चिच्याएर भन्दै चियो जिजुआमा नजानुस । मैले यहाँ सवै कुरा महसुस गर्दे थिए जिजुआमाको वालापन देखि अन्तिम विदाइको घडि । हामी जन्मन्छौ हुर्कन्छौ । आज जोस जाँगर छ भोली फेरी यही त हो । सवैलाई एक दिन जानु नै त छ । यही एउटै जीवनका पनि लोभ ,लालच,ईस्र्याले बाँचिरहेको छ मान्छे । के चाहन्छ मानव ? किन खुसी हुन र हाँस्न जान्दैन मानव ? जीवन कति छोटो छ । यी सवै घमण्ड केका लागि राख्दैछ ? यति छोटो यात्रामा किन अहमतासँग रोकिदैछ मान्छे ।
प्रश्नै प्रश्नमा रोकिनुको कारण पनि यहीँ छ । किनकि उत्तरको अनुभुति सवैलाई हुन्छ । त्यसैले हाँस्न सिक्नुपर्छ, बाँच्न सिक्नुपर्छ ,अरुको खुसिमा पनि हाँस्न सिक दुखमा पनि साथ दिन सिक अनि मात्र पो मान्छे हुनुको अर्थ छ हैनर ? के थाहा त्यो अनिश्चित भोलि ?? आखिर जीवनको अन्तिम पल सवैको एउटै नै रहेछ , खरानी र माटो !

472 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv