यज्ञशको ‘भुइँया’ पहिचान पुरस्कार

सोमवार, माघ १, २०७४



काठमाडौँ । बेलायतबासी नेपालीहरूद्वारा स्थापित यस वर्षको पहिचान पुरस्कार यज्ञशको ‘भुइँया’ नामक कृतिलाई प्रदान गरिने भएको छ । पत्रकार, लेखक तथा अनुवादक यज्ञशको उक्त कृति यसैबर्ष प्रकाशन भएको हो । पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।
बेलायतमा रहेका पहिचान समर्थक स्रष्टाहरूले पहिचान पुरस्कार कोष स्थापना गरेका हुन् । उक्त पुरस्कार आउँदो चैत्र पहिलो साता प्रदान गरिने पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले जनाएका छन् ।

यज्ञशले ‘भुइँया’मा पहिचानबिहीन समुदायका मान्छेहरूको जीवनको संघर्षलाई गहकिलो ढंगले प्रस्तुत गरेका छन् । पहिचान प्राप्तिका लागि संघर्ष गरिरहेका जाति, समुदायको कारुणिक कथा ‘भुइँया’मा समेटिएका छन् । मधेश क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका समुदायको विषयलाई कृतिमा उजागर गरिएको छ ।

पुरस्कार कोषद्वारा जारी विज्ञप्तिमा ‘देशको एकात्मक अनुहारलाई बहुल बनाउन कृतिभित्रका पात्रहरूले गरेको संघर्ष नै पहिचानको आन्दोलन भएकोले ‘भुइँया’लाई यस वर्षको ‘पहिचान पुरस्कार’ दिने निर्णय गरिएको छ ।’

पुरस्कार आउँदो चैत्र महिनाको पहिलो साता राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने जनाइएको छ ।

323 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank