भू उपयोग नीति ल्याईनेः मन्त्री खनाल

शनिबार, बैशाख २२, २०७५



चितवन
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्षमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताएका छन ।

शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको बताउँदै दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताए ।

मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गिकरण गर्नु आवश्यक रहेको छ बताए ।

जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदैं गएको भन्दै उनले यसलाई रोक्नका लागि भू उपयोग नीति तथा भू–नीतिको तयारी भइरहेको जानकारी दिए ।

मन्त्री खनाललले “कृषियोग्य जमिनको खण्डीकरण डरलाग्दो अवस्थामा छरहेकाले यसलाई रोक्न सरकार लागिरहेको बताए ।

डिप टयुवेल, पुराना पानीका स्रोतको व्यवस्थापन र पानी पोखरीको व्यवस्थापन लगायतका काम गर्नसके खेतीयोग्य जमिनमा सिँचाइको समस्या नहुने, उनको भनाई थियो ।

85 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank