भोटेकोसीको बाढीले बेलिब्रिज बगायो

सोमवार, भदौ २, २०७६



काठमाडौं । अविरल वर्षापछि आइतबार एक्कासि आएको बाढीले भोटेकोसी नदीको बेलिब्रिज बगाएको छ । टिमुरे भन्सार कार्यालय/सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । प्रजिअ भण्डारीका अनुसार, अब टिमुरेभन्दा तल रहेको तातोपानी पुल प्रयोग गर्नुपर्ने बाध्यता आइलागेको छ ।

बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए । तर, राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको प्रशासनले जनाएकाे छ ।

‘तिब्बतबाट बगेर आउने भोटेकोसीको सतह एक्कासि ५ मिटरसम्म बढ्यो । त्यसलगत्तै भन्सारमा रहेका ट्यांकरलाई राति नै सुरक्षित स्थानमा सारियो’, रसुवाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन भण्डारीले भने ।

नदीमा बहाव बढेपछि स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata