नेपाल भोटे जनजनजातीको पाँचौ अधिबेशन सम्पन्न, नेतृत्व सर्वसम्मत चयन

सोमवार, मंसिर २, २०७६



बाजुरा । नेपाल भोटे जनजाति सेवा संघको पाँचौ केन्द्रिय अधिवेशन सम्पन्न भएको छ ।  पाँचौ अधिबेशनबाट गम्भिरसिंह गुरुङ्ग (भोटे) अध्यक्षमा चयन भएका छन् ।

त्यस्तै संघको केन्द्रिय उपाध्यक्षमा चन्द्र विष्ट (भोटे) सचिव दावा गुरुङ्ग (भोटे), कोषाध्यक्षमा, जनक भण्डारी (भोटे) सहसचिव विमला थापा (भोटे) र सदस्यमा शम्भु भण्डारी, डवल भण्डारी, सीता बोगटी र हर्क गुरुङ्ग निर्वाचित भएका हुन् ।

संघको पाँचौ केन्द्रिय अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ भने २ जना नयाँ सदस्यहरुलाई संघको पहिलो बैठकबाट मनोनित गरिने संघले जनाएको छ ।

संघका वर्तमान निर्वाचित अध्यक्ष गम्भिरसिंह गुरुङ्ग र सचिव दावा गुरुङ्ग भने सोही पदहरुमा पून:दाेहिरिएका हुन । भाेटे जनजातीकाे बाहुल्याता रहेकाे बाजुरामा  संघले विगतदेखी भाेटेजनजातीका पेसागत रुपमा देखा परेका समस्याहरु बारे काम गर्दै अाइरहेकाे छ ।

भाेटे जनजातीहरुले परम्परागत रुपमा पाल्दै अाएका भेडाबाख्रा चरिचरनका नहुँदा पेसा सकटमा परेकाे जनाइएकाे छ । संघले त्यसका साथै जनजातीकाे धार्मिक तथा सांस्कृतिक क्षेत्रको उजागर गर्नुका साथै देशभर छरिएर रहेका भोटे जनजातीहरुको अवस्थाका बारेमा अध्ययन गर्नुका साथै उनीहरुका समस्या समाधानका लागि दबाबमुलक काम गर्दै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata