भोजपुरमा ट्रयाक्टर दुर्घटना

शुक्रबार, बैशाख ६, २०७६



भोजपुर । हिजो(बिहिबार) साँझ ट्रयाक्टर दुर्घटना हुँदा भोजपुरमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनियन्त्रित भएर दुर्घटना भएको ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको हो ।प्रहरीले चालक मेघराज राईलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank