भीमफेदी गाउँपालिकामा एमाले विजयी

बिहिबार, जेष्ठ ४, २०७४



हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का हिदम लामा तीन हजार ८४२ मत प्राप्त गरी विजयी भएकाछन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रञ्जितकुमार रानाले तीन हजार ६९८ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेकै पार्वती राना तीन हजार ८०२ मत प्राप्त गरी विजयी भएकाछन् । उनका निटकतम प्रतिद्वन्द्वी काँग्रेसका मोमलाल दोङले तीन हजार ५३५ मत प्राप्त गरेका थिए ।

हेटौँडा उपमहानगरपालिकाको मतगणना कार्य जारी छ । नगर प्रमुखमा नेपाली काँग्रेसका आनन्दराम पराजुलीले चार हजार ६९३ र नेकपा (एमाले)का हरिबल महतले चार हजार २०९ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एमालेका मीना लामाले चार हजार ४०६ मत तथा माओवादी केन्द्रका बलराम बलले तीन हजार २१६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

351 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank