लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा भाजपाका एक नेता सहित ५ जना मरिए

मङ्लबार, चैत्र २६, २०७५



एजेन्सी ।  भारतको छतिसगढस्थित  दन्तेवाडामा  माओवादी आक्रमणमा परि भारतीय जनता पार्टी(भाजपा) का एक नेता एवम् विद्यायक भीमा माण्डवीसहित ५ जना मारिएका छन्  ।

भारतीय प्रहरीका अनुसार यात्रामा रहेका विद्यायकमाथि माओवादीहरुले आक्रमण गरेका थिए । मारिनेहरुमा विद्यायक माण्डवीसहित उनको गाडीका चालक र ३ सुरक्षाकर्मी रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

माओवादीहरुले उनीहरु सवार गाडीमाथि बम हानेका थिए । बम आक्रमणबाट गाडी ध्वस्त भएको भारतीय प्रहरीलाई उदृत गर्दैै सञ्चारमाध्यामहरुले जनाएका छन् । भारतमा लोकसभा निर्वाचन शुरु हुने पूर्वसन्ध्यामा यो आक्रमण भएको हो । भोली(बिहीबार)देखि भारतमा लोकसभा निर्वाचन शुरु हुँदैछ । दन्तेवाडामा पनि बिहीबार पहिलो चरणको निर्वाचन हुँदैछ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank