राष्ट्रियता संरक्षणको अभियान जारी राखौँ: नेता रावल

मङ्लबार, जेष्ठ ६, २०७७



काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य एवम् सांसद भीम रावलले राष्ट्रियता संरक्षणको अभियान जारी राख्नु पर्ने बताएका छन् ।

सोमबार मन्त्रीपरिषद्को बैठकले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा सहित नक्सा पारित गरेसँगै रावलले खुसी व्यक्त गरेका छन् । उनले नेपालको सबै भूभाग समेटेर नक्सा प्रकाशित गर्ने निर्णय गरेकोमा नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन् ।

नेता रावलले ट्विट मार्फत नेपालको भौगोलिक अखण्डताको निम्ति निरन्तर आवाज उठाउँदै नेपालको समग्र भूमि सहितको नक्सा जारी गर्नुपर्छ भन्ने सम्पूर्ण देशभक्त नेपाली हरूलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । साथै राष्ट्रियता संरक्षणको अभियान जारी राखौँ भन्दै सुझाव समेत दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments