भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण

बुधबार, बैशाख ३१, २०७७



काठमाडौं ।  नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।

उनी टेकु अस्पतालमा अहिले उपचाररत छन् । ती जवान वैशाख २ गते बिदा लिएर गएको र फर्किएर आउँदा कोरोना परीक्षण गरेर आउन भनिएको थियो । तर परीक्षणमा उनमा कोरोना पोटेभिट देखिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments