म केपी ओलीजी सँग जेल पर्दा सूर्य थापा शिशु हुनुहुन्थ्यो: नेता रावल

मङ्लबार, पुस १५, २०७६



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेता भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच वैचारिक द्वन्द्व देखा परेको छ ।

नेकपा सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता रावललाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ब्यग्य गर्दै उनको कुराकाे खण्डन गर्न थालेपछि नेता रावलले जवाफ दिएका हुन । नेकपा स्थायी कमिटीको निर्णयबारे विधि विधान विपरीत नेता रावलले मिडियामा बोलेको भन्दै आलोचना गरेका थापाले सोमबार नेता रावलका दुई कविता सेयर गर्दै आलोचना गरेका थिए ।

त्यसको जवाफमा नेता रावलले भनेका छन् । देश र जनताको पक्षमा बोल्दा २०३२ सालको निरङ्कुश पञ्चायती शासनले मलाई केन्द्रीय कारागारमा थुन्दा प्रधानमन्त्री ओली त्यही हुनुहुन्थ्यो । तर उहाँका सल्लाहकार सूर्य थापा १० महिनाको शिशु हुनुहुन्थ्यो । मैले कुन सन्दर्भमा देश र जनताको बारेमा काम गरे उहाँलाई थाहा नहुनु स्वभाविक हो भन्दै जवाफ दिएका छन् ।

नेता रावलकाे अभिव्यक्ति जस्ताकाे त्यस्तै

rawal

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments