कुटनीतिक मर्यादा विपरितका गतिविधि रोकिनुपर्छ: नेता रावल

मङ्लबार, साउन ७, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले भारतीय दूतावासले महिला सांसदलाई बोलाएको प्रति आपत्ती जनाएका छन ।

नेता रावलले भारतीय दूतावासको उक्त कदमलाई असंवैधानिक भएको बताएका छन । मंगलबार एक ट्वीट मार्फत नेता रावलले कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कुटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्ने उल्लेख गरेका छन ।

उनले नेपालमा शान्ति प्रक्रियाको समयमा वाह्य शक्तिको अचाक्ली चलखेल थियो ।रोक्ने सामर्थ्य सरकारसंग थिएन । तर हाल संविधान र जनताको बहुमतले सरकारलाई अधिकार र सामर्थ्य दिएको भन्दै उक्त कार्य रोक्नुपर्नेमा जोड दिएका छन ।

 सोमबार नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी तथा विपक्षी दलका महिला सांसदसँग दूतावासमा बोलाएर छलफल गरेका थिए ।

यस्ताे छ नेता रावलकाे ट्वीट

bhim rawal

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata