‘प्रचण्ड आयु लम्ब्याउने खेलमा’

मङ्लबार, पुस २६, २०७३



अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान शंशोधन बिधेयक कुनै पनि हालतमा पास नहुने बताएका छन् । प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभित्र प्रदेश सभामा पठाउनुपर्ने स्पष्ट संविधानमा उल्लेख भएको र त्यसो नभएमा स्वतः निष्क्रिय हुने भन्दै संविधान शंशोधन संविधान र संसदीय मान्यता विपरित रहेको तथा संविधान विपरित गए आफ्नो पार्टीको बिरोध रहने उनले बताए ।

प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको आयोजनामा सदरमुकाम मंगलसैनमा भएको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले संविधान संशोधनको बिरुद्धमा स्पष्ट एक तिहाई मत रहेको र संविधान संशोधन बिधेयक राष्ट्रघाति भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित नगर्ने दाबी गरे ।

उपाध्यक्ष रावलले एमाले ३ वटै निकायको चुनावका लागि तयार रहेको भन्दै सरकाले छिटो चुनावको मिति घोषणा गर्नुपर्ने माग गरे ।

२०७४ माघ ७ गतेभित्र तीनओटै निकायका चुनाव नभए देशमा रिक्तता उत्पन्न हुने भन्दै अहिले सरकार चुनावको मिति घोषणा नगरि देशमा रिक्तता उत्पन्न गर्ने र आफ्नो आयु बढाउन लागेको हो कि भन्ने शंका रहेको बताए । ‘चुनाव छिटो भन्दा छिटो गर्नुपर्ने अवस्था छ सरकार तातेको छैन’ रावलले भने, ‘प्रचण्ड सरकार आयु लम्ब्याउन लागिरहेको देखिन्छ । ’

संविधान शंशोधनको प्रस्तावले समस्या ल्याएको भन्दै मधेशी दलहरुले कहिले जात जातिको नाममा, कहिले भाषाको नाममा बखेडा झिकिरहेको उनको आरोप छ । द

143 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung right sport adv cement health right side Samsung health right side DDC health right  adv