मेडिकल कलेज खोल्न पाइदैन भनी आन्दोलन गर्नु अनुचितः नेता आचार्य

बुधबार, असार २०, २०७५



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले नेपालमा मेडिकल कलेजमा पढ्न नपाएर हजारौँ विद्यार्थी बाहिर जानु परेको अवस्थामा मेडिकल कलेज १० वर्षसम्म खोल्न पाउँदैन भनी माग राखेर आन्दोलन गर्नु अनुचित भएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनले हजारौँ विद्यार्थी विदेशमा पढ्न जान बाध्य भएको कारण नेपालको अर्बौं स्पिया विदेशमा गइरहेको बताए ।

सरकारले तोकेको मापदण्ड पूरा गरेको मेडिकल कलेज सञ्चालन हुन पाउनुपर्ने तर स्तरहीन मेडिकल कलेज खोल्नुपर्छ भन्ने मान्यता भने सरकारको नभएको स्पष्ट पारे । उनले गंगामाया केसीको माग छानबिन आयोग गठन गरेर हल गर्नुपर्ने र न्याय दिनुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारले सत्ता सम्हालेदेखि मुलुक संविधान र कानूनअनुसार नचलेको बताए । उनले भने ‘पत्रकारले मन्त्रीलाई प्रश्न गर्नासाथ कार्यक्रम नै बन्द हुने, सरकारको मनपरी निषेधाज्ञा घोषणा आदिले लोकतान्त्रिक मूल्य र मान्यता नै कमजोर बनाएको छ ।’

378 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank