बाबुको हत्याको आरोपमा आमा-छोरा समातिए

बुधबार, मंसिर २५, २०७६



सुर्खेत । प्रहरीले सुर्खेतमा बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ ।

पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाका  ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा उनकी श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक फेला परेको जानकारी दिए । ‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ’, उनले भने, ‘अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments