भाग्यले बाँचेकाहरु प्रर्दशन

बुधबार, बैशाख १२, २०७५



काठमाडौ। वि.स.२०७२ साल बैसाख १२ गतेको विनासकारी भूकम्पमा परि ज्यान बचाउन र बाँच्न सफल भएकाहरुलाइ लक्षित गर्दै निर्माण गरिएको फिल्म भाग्यले बाँचेकाहरु प्रर्दशन गरिएको छ ।

मंगलबार भूकम्प गएको तेस्रो वर्षको अवसर पारि माट्रिन चौतारी काठमाडौंमा विशेष प्रदर्शन गरिएको हो । पत्रकार गणेश पाण्डेले  निर्देशक गरेको भाग्यले बाँचेकाहरुले १७ वटा अन्तराष्टिय अवार्ड जित्न सफल भएको छ । ३२ वटा मुलुकमा प्रदर्शन गरिएको फिल्म डकमेन्ट्री अहिले सम्मकै उत्कृष्ट भएको निर्देशक पाण्डेले बताए ।

करिब १० लाखको रकमको लगानीमा बनेको उक्त फिल्म डकमेन्ट्रीमा विनासकारी भूकम्पमा परि बाँच्ने र बचाउनेको कथा, चमत्कारी र बचाउने पात्रहरुलाई समेटेर निर्माण गरिएको निर्देशक पाण्डेले बताए । अन्तराष्ट्रिय मुलुक बेलायतको सदनमा प्रर्दशन भईसकेको र स्कटल्याण्डको सदनमा समेत प्रर्दशनको तयारीमा रहेको छ । यो फिल्म अवार्ड जित्न सकिन्छ भनेर नभै विनासकारी भूकम्पमा परेकाहरुलाई मानविय सेवा भाव गर्ने उद्धेश्यले निर्माण गरेको पाण्डेले बताए ।

तीनवटा भाषामा निर्माण गरिएको सो डकमेन्ट्री नेपाल आर्मीको प्रत्येक क्याम्पमा समेत प्रर्दशन भइरहेको छ । फिल्मको  साइन मिडिया प्रालिका शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको छायाँकन विनोद विष्ट, सम्पादन यस्तै अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । अन्तराष्ट्रिय मुलुकले राम्रो रेस्पोन्स भएपनि यहाँको सरकारबाट कुनै रेस्पोन्स नपाएको निर्देशक पाण्डेले बताएका छन् ।

vagyale-bacheka

फिल्म निर्माण पश्चात ४ जना भूकम्प पीडीतहरुलाइ सहयोग भईरहको जनाएको छ । देशमा विभिन्न पटक विनासकारी भूकम्प गयो तर हाल सम्म कुनै पनि ऐतिहासिक दस्तावेज झल्कने खालको डकमेन्ट्री नबनेका कारण यो फिल्म निर्माण गरेको बताएका छन ।

164 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank