औंला भाँच्दै माैसमकाे भविष्यवाणी गरिन्थ्यो

शनिबार, बैशाख १४, २०७६



काठमाडाैं । “भर्खर नेपालमा शुरु भएको अन्तर्राष्ट्रिय हवाई उड्डयन सेवालाई मौसम अवस्थाबारे सूचना दिनुपर्ने भएकाले विभागको स्थापना भएको थियो,” जनकलाल श्रेष्ठले भन्नुभयो, “२०२५ पुस १ गतेबाट सर्वसाधारणलाई मौसमको जानकारी दिन शुरु गर्यौं ।” त्यो बेला मौसम तथा जलवायु अध्ययन गरेको जनशक्ति अभाव थियो । रेडियो नेपालको बेलुकाको समाचारपछि र गोरखापत्रमा छाप्न गाडीमा आफै सामग्री पठाएको सम्झना अझै उहाँसँग ताजा छ ।

वि.सं.२०२४/२५ सम्म एकवर्षभित्र झन्डै १२ वटा हवाई उड्डयन क्षेत्र तथा करिब १५ वटा कृषि केन्द्रमा मौसम केन्द्रको स्थापना गरिए । त्यो काम त्यति सहज थिएन । भारतले नेपालमा स्थापना गरेका केन्द्र हस्तान्तरण पनि नहुने, हटाउने काम पनि भएन यसले गर्दा अप्ठेरो थियो । “जे त पर्ला भनेर किला र काठ बोकेर जहाँ भारतको स्टेसन थिए त्यही त्यही आफैंले काठ ठोकेर स्टेसन बनाइयो,” उहाँ थप्नुभयो, “अन्यत्र बनाउँदा तथ्याङ् यताउता होला भनेर त्यसो गरियो ।”

आफ्नै आवा प्रविधि भएका चारवटा सिनप्टिक केन्द्र जुम्ला, काठमाडौं, विराटनगर र सिमरामा स्थापना गरिए । डोकोमा पेट्रोल बोकाएर त्यसबाट त्यस्ता केन्द्र चलायमान गरिन्थ्यो । म काठमाडौंको साहुको छोरो । कहिले हिमाल नहिँडेको व्यक्ति । जुम्ला जाँदा पिढीको चिसामो बास पर्यो । “रातभरि जाँतो चल्यो निदाउनै सकिएन,” उहाँले विगत सुनाउनुभयो, “भोलिपल्ट अनिँदो हिउँको उकालो लाग्दा ज्वरो नै आयो ।” काम गर्न जाँदा पाएको १० रुपियाँ भत्ता भरियाले लान्थे । अहिलेको जस्तो डिजिटल प्रविधि नभएकाले हातैले लेखेर अवाबाट पाएका तथ्याङ्क कागजको नक्सा हेरेर औंला भाच्दै विश्लेषण गरिन्थ्यो । विश्लेषण गर्न क्यालकुलेटर मेसिन र आकाशवाणीको प्रविधिमात्र उपलब्ध थियो ।

याे सामाग्री आजको  गाेरखापत्रमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata