भट्टराईकाे धम्की ५ प्रतिशत सिटकै लागि ,सहमति समय आज बिहान ११ बजेसम्म

शुक्रबार, अशोज २७, २०७४

loading...


काठमाडौं । गोरखाको क्षेत्र नं. २ र अन्य ठाउँ गरी ५ प्रतिशत सिट एमाले र माओवादी केन्द्रले नदिने भएपछि आगामी योजना तय गर्न शुक्रबार (आज) बिहान ११ बजे नयाँशक्ति नेपालका संयोजक  बाबुराम भट्टराईले कार्यकारिणी बैठक आह्वान गरेका छन् । ओली र प्रचण्डसँग सकारात्मक कुरा नभए भट्टराईले देशव्यापी रुपमा उम्मेद्वार तय गर्ने पनि योजना छ ।

विहीबार साँझसम्म एमाले र माओवादी केन्द्रसँग भएका कुराकानी सकरात्मक नभएपछि भट्टराई नयाँशक्तिकै चुनाव चिन्ह आँखा लिएर निर्वाचनमा जाने निर्णयमा पुगिसकेका छन्। अव प्रदेश र प्रतिनिधि सभामा कम्तिमा पाँच प्रतिसत सिट नयाँशक्तिलाई दिएमात्र आँखा चिन्ह लिएर भट्टराई नेतृत्वको नयाँशक्ति वामपन्थी गठबन्धनमा सामेल हुनेछ । त्यो नभए एक्लै भएपनि निर्वाचनमा जाने निर्णयमा भट्टराई पुगेका छन ।

सुरुमा कूल सिटको १५ प्रतिसत दावी गरेको नयाँशक्तिले तालमेलका लागि ५ प्रतिसतलाई बटमलाइन बनाएको छ। स्रोतका अनुसार प्रतिनिधि सभातर्फ र्तेहथुम, झापा, खोटाङ, मोरङ, सिरहा, रौतहट, पर्सा, काठमाडौं, रसुवा, मकवानपुर, गोर्खा, लमजुङ, कास्की, कपिलवस्तु, रुपन्देही, नवलपरासी, जुम्ला, कैलाली, सोलुखुम्बु लगायतका जिल्ला दावी गरेको छ भने प्रदेश सभातर्फ ताप्लेजुङ, मोरङ, ओखलढुङ्गा, सप्तरी, सर्लाही, बारा, धनुषा, महोत्तरी, सिन्धुली, रसुवा, नुवाकोट, मकवानपुर, काठमाडौं, धादिङ, नवलपुर,गोर्खा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, दाङ, हुम्ला, कालिकोट, सुर्खेत, बैतडी, कैलाली, बझाङ, कञ्चनपुर र दार्चुला लगायतका जिल्लाका सिट दावी गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विहीबार साँझको भेटघाट र एमाले अध्यक्ष केपी ओलीसँगको फोनवार्तामा भट्टराईले तालमेलका लागि आज विहान ११ बजेसम्मको अल्टिमेटम दिएका छन्। त्यतिबेलासम्म सहमति नजुटे त्यसपछि बस्ने कार्यकारी समितिको बैठकबाट गठबन्धनमा सामेल नभई नयाँशक्ति एक्लै चुनाव लड्ने निर्णय भट्टराईले गराउनेछन्। स्रोतका अनुसार सहमति नजुटेको खण्डमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ सबै नेता कार्यकर्तालाई आआफ्नो जिल्लामा लाग्न भट्टराईले निर्देशन दिनेछन् ।

1219 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank