भरुवा बन्दुकसहित चार जना समातिए !

आइतवार, कार्तिक २४, २०७६



बाग्लुङ । हिजो(शनिबार) जिल्ला प्रहरी कार्यालय बाग्लुङले काठेखोला गाउँपालिका–५ बिहुँबाट भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

हरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिएअनुसार पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेका छन् ।

उनीहरुलाई शनिबार नै जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata