भारु ६५ लाखसहित तीन जना पक्राउ

बुधबार, माघ १, २०७६



कैलाली । कैलालीमा भारु ६५ लाखसहित तीन जनालाई पक्राउ गरिएको छ । चोरीमा संग्लन श्रीमान्÷श्रीमतीसहित तीन जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

भारतको दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कैलालीको गौरीगंगा –२ की बिन्दा थापालाई पक्राउ गरेको थियो । त्यसपछि बाजुराको बुढीगंगा –१ घर भएका २९ वर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले बताए ।

डीएसपी बस्नेतका अनुसार बिन्दा थापाको कच्ची घरमा रहेको कोठाभित्र खटियामुनि खाल्टाे खनेर टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरेर राखेको अवस्थामा ६५ लाख नगद बरामद गरिएको हो । चोरीको घटनापछि कैलाली आएका अग्रवालले भारु १ करोड ४ लाखभन्दा बढी चोरी भएको बताउँदै आएका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments