मिलेमतोमा भ्रष्टाचार, लेखापालविरुद्ध मात्र मुद्दा

मङ्लबार, असार १६, २०७७



बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको रकम आफ्नो खातामा राखेको पाइएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

कार्यालय प्रमुखको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भए पनि अख्तियारले भने लेखापालविरुद्ध मात्रै मुद्दा चलाएको छ ।

अख्तियारको अनुसन्धानमा मालपोत कार्यालयका लेखापाल ठाकुरले मालपोत कार्यालयमा उठेको राजस्व रकम कार्यालय प्रमुख मदनप्रसाद गुप्तासहितको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको खुलेको हो ।

ठाकुरसँग तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको मिलेमतो रहेको पाइएको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

२०६८ सालमा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट नियुक्ति भएका उनले ९ वर्षमा ३ करोड १५ लाख ७५ हजार आर्जन गरेका छन् ।

यो सम्पत्तिमध्ये ३ करोड ४ लाख गैरकानुनी रूपमा आर्जन गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ । राजधानी दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments