अधिकारीको काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक

शनिबार, बैशाख १६, २०७४

loading...


काठमाडौँ । प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम् काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक गरिएको छ ।  नेपालयले प्रकाशनमा ल्याएको उक्त काव्य कृति तीन वर्षपछि पुनः प्रारम्भ गरिएको पलेटीको नयाँ शृङ्खलामा सार्वजनिक गरिएको हो ।

कवि अधिकारीले ‘भरियाको भूगोल’ पहिलो प्रति आफूभन्दा पछिल्ला पिँढीका कवि श्रवण मुकारुङलाई उपहार दिएर पुस्तक सार्वजनिक भएको घोषणा गरे । ‘स्मार्ट साइज’मा प्रकाशित उक्त भरियाको भूगोल काव्य कृतिको मूल्य रु २४५ रहेको छ । गीत र सङ्गीत क्षेत्रका स्रष्टाको लागि पलेटीले विगतमा एकल साँझ कार्यक्रम गर्दै आएको छ ।

सो अवसरमा कवि श्रवण मुकारुङले गद्य कविता क्षेत्रमा निकै ख्याति कमाउनु भएका कवि अधिकारीका कविता पाठकका लागि सरल र स्वादपूर्ण रहने गरेको बताए । भरियाको भूगोल कवि अधिकारीको १३ औँ कृति हो । पलेटीको यो शृङ्खला गीतकार दिनेश अधिकारी विशेष थियो र उनका नयाँ र पुराना नौ वटा गीतहरु मीना निरौला र योगेन्द्र उपाध्यायले प्रस्तुत गरे ।

गायन कार्यक्रमपछि कवि अधिकारीले शुक्रबार साँझ आयोजना गरिएको कार्यक्रममा आफ्ना नयाँ पुराना चार वटा कविता सुनाएर पलेटी कार्यक्रमको स्वादमा विविधता थप्नु भएको थियो ।

412 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv