मेडिसिटी अस्पतालमा उपचारार्थ पूर्व अर्थमन्त्री अधिकारीलाई ह्याम्समा सारियो

शुक्रबार, माघ २५, २०७५



काठमाडौं । मेडिसिटि अस्पतालमा एक महिना सम्म उपचार गर्दा पनि स्वास्थ्य अबस्थामा सुधार नआए पछि पूर्व अर्थमन्त्री भरत महोन अधिकारीलाई ह्याम्स अस्पतालमा सारिएको छ ।

बिरामी भए पछि पूर्व अर्थमन्त्री अधिकारीलाई एक महिनादेखि मेडिसिटी हस्पिटल, नख्खुमा उपचार हुँदै आएको थियो । उपचारका क्रममा अधिकारीको स्वास्थ्य अबस्थामा कुनै लाभ नभए पछि उनलाई उपचारका लागि ह्याम्स अस्पतालमा सारिएको नेकपाका नेता सुर्य थापाले जनाएका छन् ।

सानेपा नजिक भएको हुनाले अधिकारीलाई मेडिसिटि अस्पातलमा भर्ना हुनु भएको भए पनि उहाँको श्वासप्रश्वास लगायतका समस्या यथावत रहेकाले उनलाई थप उपचारको लागि ह्याम्स अस्पताल सारिएको नेता थापाले जनाए ।  ह्याम्स अस्पतालमा अधिकारीको उपचारका लागि डा. भगवान कोइराला, डा.मनबहादुर केसी र डा. अर्जुन कार्की लगायतको टीम रहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank