भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

शुक्रबार, बैशाख २८, २०७५



जनकपुरधाम ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ ।

उनलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं२ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उधोग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् ।

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन पनि गरिएको छ । शुक्रबार जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उनलाई मैथिली भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरी सम्मान गरिएको हो ।

334 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank