भ्रमणबाट दूई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छः प्रधानमन्त्री ओली

मङ्लबार, असार १२, २०७५



काठमाडौँ ।

प्रधानमन्त्री के पी शर्मा ओलीले छ दिने चीनको भ्रमणमा भएका सम्झौताहरुताबारे संसदमा अवगत गराएका छन् ।

सोमबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा नेपाल र चीनबीच व्यापार ,पर्यटन, लगानी र नाका लगायत अन्य गरी जम्मा २२ वटा छलफल तथा सम्झौता भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले उर्जा सहयोग,मालसामन ढुवानी लागी लगानी तथा उत्पादन क्षेत्रमा सहयोग तथा सम्झौता भएको बताएका छन्  ।

भ्रमणका क्रममा नेपालका रसुवा,दोलखा लगायतका जिल्लाहरुमा विधालय पुननिर्माणको विषयमा पनि सम्झौता भएको उल्लेख गरे ।

झण्डै ४० मिनेट लामो आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा स्थल तथा हवाई संजाल विस्तार, उत्तर दक्षिण जोड्ने सम्पर्क सञ्जाल निर्माण, कोशी, कर्णाली, गण्डकी आर्थिक करिडोर निर्माण गर्ने विषयमा समेत सहमती भएको बताउँदै चीनमा नेपाली बस्तुको निर्यातका लागि सहजीकरण गर्ने विषयमा पनि महत्वपूर्ण छलफल भएको र सो विषयलाई चिनियाँ पक्षले समेत सकारात्म ढंगले लिएको बताए ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने नेपालको लक्ष्यलाई पनि चिन सरकारले आवश्यक सहयोग उपलब्ध गराउने र चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिंदै प्रधानमन्त्री ओलीले आफ्नो उच्च स्तरीय चीन भ्रमणका क्रममा दुबै देशको सम्बन्ध विस्तार गर्न दुबै पक्ष सहमत भएको भन्दै चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिइएको तथा उनीहरुको छिट्टै नेपाल भ्रमण हुने पनि विश्वास व्यक्त गरेका छन् ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्री लिखछ्याङ, चिनियाँ जनकांग्रेस पार्टीका अध्यक्ष, चिनियाँ स्वशासित क्षेत्र तिब्बतका जनसरकार प्रमुख छिटला लगायतका व्यक्तित्वहरुसँग आफ्नो भेट भएको जानकारी दिंदै प्रधानमन्त्री ओलीले भ्रमणका अवशरमा १४ बुँदे संयुक्त विज्ञप्ति समेत जारी भएको तथा १३ वटा सरकारी स्तरमा र ९ वटा निजिस्तरमा गरी २२ वटा महत्वपूर्ण सहमति तथा सम्झौताहरु भएको पनि स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ रेलवे प्रोटोकलका विषयमा भने प्रक्रियागत कारणले तत्काल सम्झौता हुन नसकेको बताउँदै आउँदो जुलाईसम्ममा सो प्रोटोकल तयार भई सम्झौता समेत गरिने बताए ।
प्रधानमन्त्रीसँग प्रतिनिधि सभाको आजको बैठकमा प्रत्यक्ष सवालजवाफ कार्यक्रम समेत भएको छ भने नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको रेलवे प्रोटोकल र लिपुलेक सम्बन्धि प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले सांसद बडुको लिपुलेक सम्बन्धि प्रश्नमा भने घुमाउरो पाराले जवाफ दिंदै सबै विषयहरु एउटै भ्रमणका क्रममा राखिने तर कुनै पनि विषयमा निचोडमा चाँहि नपुगिने भएकाले सो विषय यसपटक नराखिएको बताए ।

पूर्वी तराईमा ९ ओटा नदी नियन्त्रणबारे पनि छलफल भएको बताए ।
नेपाल र चीनबीच प्राविधीक र व्यापारिक सम्बन्ध थप मजबुत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्द नेपाल र सुखी नेपालीको बनाउने कुरामा सरकार प्रतिबद्द रहेका र सोहीअनुरुप कार्य अगाडी बढाउने प्रष्ट पारेका छन्  ।

नेपालको विकाश हामी आफैले गर्नुपर्नै भन्दै ओलीले छिमेकीहरुसँगको सम्बन्भ थप प्रगाढ बनाउन पनि वर्तमान सरकार थप केन्द्रीत रहेका भन्दै चीन भ्रमण  यसको लागी  महत्वपूर्ण रहेको बताए ।साथै उनले चीन भ्रमण्का क्रममा चीनका विभीन्न पक्षहरुबाट गरिएको स्वागत मननयोग्य भएको भन्दै चिनीया पक्षलाई धन्यवाद समेत प्रकट गरेका छन् ।

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank