स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण

मङ्लबार, माघ ७, २०७६



डडेल्धुरा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गरेका छन् । सो अवसरमा उनले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. जगदिशचन्द्र विष्टले जानकारी दिए ।

मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफल समेत गरेका थिए । उनले बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर स्वास्थ्यचौकी खोड्पेको नवनिर्मित भवन उद्घाटन तथा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको सांसद दामोदर भण्डारीले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments