भक्तपुरकी कोरोना संक्रमित महिला स्टाफ नर्स

बुधबार, बैशाख ३१, २०७७



भक्तपुर । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका २ जनामध्ये २५ वर्षीया महिला स्टाफ नर्स रहेको खुलेको छ ।

उनी भक्तपुरकै १ निजी अस्पतालमा काम गर्थिन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनी हिजै राती टेकु अस्पताल भर्ना भएकी छिन् ।

संक्रमित महिला सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकाकामा साथीसँग बस्दै आएकी थिइन् । उनकाे स्थायी घर भने सुनसरीको रामधुनी नगरपालिका झुम्का रहेको बुझिएको छ ।

अहिले उनका साथीलाई समेत निगरानीमा राखेर परीक्षणको तयारी गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

मंगलबार नै संक्रमण पुष्टि भएका भक्तपुरका अर्का संक्रमित २७ वर्षीय पुरुष चाागुनारायण दुवाकोटका रहेको पाइएको छ ।

दुवै संक्रमितको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरू भएको र थप विवरण आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले जानकारी दिए ।

मंगलबार भक्तपुरका २ र काठमाडौंमा १ गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ । जसमध्ये ३४ जना उपचारपछि घर फर्किएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments