मध्यपुरथिमि नगरपालिका -१ को वडाध्यक्षमा नेपाली काँग्रेसको प्यानल नै विजयी

मङ्लबार, जेष्ठ २, २०७४



भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ ।

खड्काले एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी भएकाछन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का अष्टकुमार कवेँले एक हजार १२४ मत ल्याएका हुन् ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएकाछन् ।

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाको प्यानल अग्रस्थानमा रहेको छ ।

470 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank