सूर्यविनायक ४ मा एमाले र भक्तपुर ६ र ७ मा नेमकिपा विजयी

शुक्रबार, जेष्ठ ५, २०७४



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ को वडाध्यक्षसहितको प्यानलमा एमालेले जित हासिल गरेको छ । वडाध्यक्षमा एमालेका उम्मेदवार उत्तम थापाले एक हजार ४४३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवीप्रसाद न्यौपाने एक हजार ४४ मत प्राप्त गरेका छन् ।

एमालेबाट महिला सदस्यतर्फ तारा सापकोटा खतिवडा, दलित महिला सदस्य पम्फा परियार, सदस्य राजु लुबञ्जार श्रेष्ठ र देवलाल राजथला विजयी भएकाछन् ।

त्यसैगरी भक्तपुर नगरपालिका–६ र ७ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारको प्यानल विजयी भएको छ । भक्तपुर नगरपालिका–६ मा अध्यक्षमा नेमकिपाका हरिराम सुवालसहितको प्यानल विजयी भएको छ । सुवालले दुई हजार ५३० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाका रमेश राजचलले ३४३ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा रोशनमैयाँ सुवाल, दलित महिला सदस्यमा सीतादेवी नेपाली, सदस्यहरुमा गाविन्द दुवाल र सिद्धिराम अवाल विजयी भएकाछन् । भक्तपुर नगरपालिका–७ को वडाध्यक्षमा नेमकिपाको उकेश कवाँको प्यानल विजयी भएको छ ।

कवाँले तीन हजार नौ मत प्राप्त गरी विजयी भएका हुन् भने भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका शिवलाल बालाश्रेष्ठले ७७६ मत प्राप्त गरेका थिए। महिला सदस्यमा रञ्जना त्वाती, दलित महिला सदस्यमा रजनी कपाली, सदस्यहरुमा हरिरत्न गोर्खाली र हेरा ख्याजू विजयी भएकाछन् ।

790 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank