पहिरोमा परि भक्तपुरमा एकै परिवारका तीनको मृत्यु

बिहिबार, असार २८, २०७५



काठमाडौं । अबिरल वर्षासँगै आएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण ७ मझुवा बाघेहिटीमा पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय हिराबहादुर लामा,६५ वर्षीय पानमाया लामा र साढे २ वर्षीय सम्पदा लामा रहेको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै हनुमन्ते खाेलामा पानीकाे बहाव बढेर भत्तपुरकाे पुरै क्षेत्रमा डुवानमा परेकाे छ ।

घर माथिबाट कान्लो भत्किएर घर पुरिदा उनीहरुको मृत्यु भएको  भक्तपुर महानगरीय प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेलले नेपालपाटी डटकमलाई जानकारी दिए । अहिले प्रहरी घटना स्थलमा पुगि उनीहरुको विवरण लिने काम भइसकेकाे प्रहरी नायव उपरिक्षक पोखरेले बताए । साथै बाढीमा परि डुवानमा परेका एक सय बढीको उद्दार गरिसकेको जानकारी दिए । अन्य फसेकाहरुको नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मीका सहयोगमा उद्दार कार्य जारी रहेको जनाएको छ ।

डुवानका कारण सवारी साधन चल्न सकेका छैनन् ।  भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् । त्यस्तै भत्तपुरको सूर्य विनायकदेखि भत्तपुर अस्पताल क्षेत्रका ठाउँमा समेत पानी जमेर पोखरी जस्तै बनेका छन् ।

232 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank