दोस्रो चरणको चुनावअघि देउवा प्रधानमन्त्री बन्न नपाउने

आइतवार, बैशाख २४, २०७४

loading...

- भगवान खड्का



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने तयारी पुरा नहुने देखिएको छ । स्थानियतहको निर्वाचनको बिचमा रहेकाले सरकार फेरबदलगर्न आचारसंहिताले रोक्ने भएको छ । निर्वाचनआचार संहिताअनुसार सरकार परिवर्तन गर्न नमिल्ने एक जनाआयुक्तले नेपालपाटीलाई जानकारी दिए ।

नामनखुलाई दिने सर्तमा उनले भने, ‘सरकार परिवर्तन निर्वाचनआचारसंहिताले मिल्दैन, पहिलो र दोस्रो चरणको चुनाव अब प्रधानमन्त्री पुष्पकमल दाहालले नै गराउनेपर्ने हुन्छ । दलहरु त्यसमा छलफल गर्न आएछन भने हामी सुझाव दिनेछौ ।’ कांग्रेस र माओवादी भने आलोपालो सरकारको नेतृत्वलिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै जेठको पहिलो साता सरकार परिवर्तन गर्ने तयारीमा छन् ।

गत १९ साउनमा प्रचण्ड प्रधानमन्त्री चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय निर्वाचन प्रचण्डको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो । त्यतिखेर प्रचण्ड र देउवाले नौ–नौ महिना सरकारको नेतृत्वगर्ने समझदारी बनेको थियो ।पूर्व प्रमुख निर्वाचन आयुत्त, निलकण्ड उप्रेतीले पनि सरकार परिवर्तन गर्न आचारसंहिताले नमिल्ने बताए ।

सरकार, दलहरु सबैलाई निर्वाचन आचारसंहिता लागिसकेकाले अब सरकार परिवर्तन गर्दा आचारसंहिताको उल्लंघन हुने उनले बताए । ‘सरकार परिवर्तन त के अब एउटा खरदार पनि परिवर्तन गर्न चलाउन मिल्दैन’उप्रेतीले भने, ‘चुनावको बिचमा सरकार फर्ने कुरा अब सम्भव छैन । ’ उप्रेतीले सामान्य पुलपुलेसा उद्घाटन गर्न समेत प्रतिबन्धलगाउने आचार संहिताले बजेट ल्याउन र सरकार परिवर्तन गर्न कसरी अनुमति दिन्छ ?उनलेप्रतिप्रश्न गरे ।

सत्तासिनदलहरुले भने सरकार परिवर्तन र निर्वाचन आचारसंहिताका विषयलाई जाडेर छलफल समेत गरेका छ्रैनन । कानुनमन्त्री अजयशंकर नायकले सरकारले त्यसमा नसोचेको र सरकार परिवर्तन अगाडी छलफल गर्ने बताए । कांग्रेसले भने सरकार परिवर्तनमाकुनै बजेट कार्यक्रमन आउने भएकाले कुनै फरक नपर्ने जनाएको छ । कांग्रेसका नेतातथामन्त्री रक्षामन्त्री बालकृष्ण खाणले सरकार परिवर्तनमा निर्वाचन आचारसंहिताले नरोक्ने तर्क गरे । ‘सरकार परिवर्तन बजेट ल्याउने, कार्यक्रम घोषणा गर्नुजस्तो होइन ’ उनले भने, ‘सत्तामा रहेकादलहरु नै सत्तामा रहनेगरि फेरबदलहुने भएकाले त्यसले फरक पर्दैन । ’

8519 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv