भाडाका घरमा स्थानीय सरकार

शुक्रबार, असार २७, २०७६



भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको आफ्नै कार्यालय भवन छैन । नगरपालिका कार्यालय भाडाका घरबाट सञ्चालन गरिएको छ ।

पारिवारिक प्रयोजनका लागि बनेका घरको साँघुरा कोठाबाट कार्यालय सञ्चालन गर्दा स्थानीय सरकारलाई दैनिक सेवाप्रवाह गर्नै हम्मे–हम्मे परेको छ ।

अधिकार सम्पन्न स्थानीय सरकार गठन भएको तीन वर्ष लागेको छ । तर, कार्यालय सञ्चालनका लागि उपयुक्त भवनसमेत नहुँदा सेवाप्रवाह व्यवस्थित हुन सकेको छैन ।

भाडामा लिएका घरमा निर्वाचित जनप्रतिनिधि नै नअटाउने साँघुरा कोठाबाट कार्यालय सञ्चालन भइरहेका छन् । चार नगरपालिका र ३८ वडा रहेको भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकासहित आठवटा वडा कार्यालय भाडाका घरबाट सञ्चालित छन् । बाँकीमध्ये अधिकांश वडा कार्यालय साविकका गाविस भवन, सामुदायिक भवन, सत्तल र गुठी भवनमा सञ्चालित छन् ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata