‘बन्दुक नबनाउ’

शनिबार, चैत्र १०, २०७४

- भाबुक शाह (अचानो)



कि बन्दुक नबनाउ कित कलम नबनाउ
यदि दुबै बनाउनुछ भने महलम नबनाउ

………………………………………………

हेर पर्खि रहेछन एक्का र बादसाह,
दहर गुलामले भन्छ बेगम नबनाउ

………………………………………………

उ उता म यता बग्दैछौ आफ्नै दुख बोकेर,
ए पहाडहरु हो हाम्रो सङ्घम नबनाउ

………………………………………………

हो साच्चै यस्ता समाचारले मुटु दुख्छ,
हत्या शब्दको अगाडि निर्मम नबनाउ

345 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank