आमा, बुवाको मृत्युपछि भाईबहिनी बेसहारा

सोमवार, कार्तिक १९, २०७५

- प्रमित वि क



बाजुरा ।  बाजुराको त्रिवेणी नगरपालिका ९ बाँगापाटाकी सिता विक र उनका भाई सनु विक आमाबुवाको मृत्युपछि बेसहारा बनेका छन् । २०७१ सालमा जब सीता ५ बर्षकी भईन उनका बुवा डम्मरे लवार र आमा बुदि ल्वार दुवैको क्षयरोगका कारण मृत्यु भयो ।

आमाबुवाको क्षयरोगका कारण मृत्यु भएपछि सीता र भाई सनु ४ वर्षदेखि बेसहारा बनीरहेका छन् । बुबाको मृत्यु भएको वर्षदिन नपुग्दै आमाको पनी क्षयरोगकै कारण मृत्यु भएपछि भाईबहिनी बेसाहारा बनेका छन् । आमाबुवाको मृत्यु भएपछि गाउँमा अरुको सहारा नपाएपछि कान्छो भाई सनुलाई कन्सन बाजुरा आभास सहित २०७३ सालमा बसन्त प्रा.वि बहृमतोला पढाउने व्यवस्था मिलाएको थियो सिता विकले बताईन् । भाईको पालन पोषण र पढाईको जिम्मेवारी कन्सन बाजुराले लिएपछि आफु अहिले अाफन्तकाे घरमा बसिरहेको सीताले बताईन् ।

सीता अहिले ९ बर्षकी भइन् अरुको घरमा बस्नु परेपछि स्कुल नगएर गाईवस्तुलाई स्याहार सुसार गरिरहेकी छिन् ।  उनीसँगैका साथीहरु अहिले विद्यालयमा गईरहेका छन् । तर आफ्ना आमाबुवा वितेपछि अहिले आफन्तकोमा आश्रय लिएर बसीरहेकी छु । आफन्तहरुले आफुलार्इ विद्यालय नपठाएको कारण दिनभरको समय मेलापात, घाँस दाउरामै वित्ने गरेको छ सीताले गुनासो गर्दै भनिन् ।

आफुलाई विद्यालय जान मन त थियो तर जान नदिएर गोरु हेर्न पठाउँन्छन् सिताले दुखेसाे गरिन् । ९ बर्षकै उमेर आफ्ना आमा बुवाले यो धर्ती छोडेर गएपछि आफ्नो नाबालक भाई र आफु बेसहारा बनेको सीताले गुनासो गरिन् ।

जिल्लामा बालवालिकाको क्षेत्रमा काम गर्दै आईरहेका संघसंस्थाहरुले भने कागजी पानामा मात्र बालवालिकाको भविष्य उज्वल भएको भन्दै करौडौको रकम खर्च गरेको प्रतिवेदनमा तयार पारिरहेका छन् ।

170 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank