प्रसुती गृहका लागि चार लाखबराबरको सामाग्री सहयोग

शुक्रबार, अशोज १९, २०७५



बाजुरा । प्रसुती गृह सञ्चालनका लागि पीसवीन बाजुरा नामक गैर सरकारी संस्थाले चार लाख बराबरको आवश्यक सामाग्री सहयोग गरेको छ ।  पीसविनले करिव चार लाख बराबरको बर्थिङ्ग सेन्टर सेटअप सामाग्री सहयोग गरेको ब्रह्मतोला स्वास्थ्य चौकी इन्चार्ज हरिलाल जैशीले बताए । सुरक्षित सुत्केरी सेवामा ग्रामिण क्षेत्रका महिलाहरुलाई सहज पहुँच पुर्याउन बुढीगंगा नगरपालिका–१ डुङ्ग्रीमा सञ्चालन हुन लागेको प्रसुती गृहका लागि उक्त सामाग्री सहयोग गरिएको हो ।

सामाग्री पीसविन बाजुराका निवर्तमान अध्यक्ष एवं सामाजिक अभियान्ता लालबहादुर ओली र कार्यक्रम प्रबन्धक जुद्ध बहादुर रावलले एक कार्यक्रमका बीच हस्तान्त्रण गरेका छन् ।
स्वास्थ्य चौकी इन्चार्ज हरिलाल जैशी सहीतको टोलीलाई पीसवीन केन्द्रीय कार्यालयमै बोलाएर सामाग्री हस्तान्त्रण गरिएको हो ।

स्वास्थ्य चौकीबाट बुढीगंगा नगरपालिका–१ को अम्कोट, डुङ्ग्री र कुटी गाउँबाट १ देखि ३ घण्टा पैदुल दुरीमा छ ।  स्वास्थ्य संस्थामा सहज पहुँच नहुँदा सो क्षेत्रका स्थानीयले रातीको समयमा घरमै सुत्केरी गराउनु पर्ने बाध्यता रहेको थियो । पीसविनले आवश्यक सामाग्री सहयोगसँगै प्रसुती गृह सञ्चालन गर्न सहज हुने स्वास्थ्य चौकी इन्चार्ज हरिलाल जैशीले बताए । डुङ्ग्रीमा प्रसुती गृहका लागि नगरपालिकाबाट भवन निर्माण भईरहेको छ ।

नगरपालिका र स्वास्थ्य चौकीबाट केही बाहेक किन्नै नपर्ने गरी सबैजसो सामाग्री सहयोग गरेको बताईएको छ । प्रसुती गृह सञ्चालनका लागि फर्निचर र उपकरण, बर्थिङ सेन्टर सेटअप सामाग्री, स्टेण्डर डेलिभरी सेट, पेरिनीयल रिपेर सेट, सर्भाइकल रिपेर सेट, डे«सिङ सेट, रिससी सेन्टर सेट, एम भि ए सेट सहीत ४ लाख बढीको सामाग्री स्वास्थ्य चौकीलाई सहयोग गरिएको छ ।

ग्रामिण क्षेत्रका महिलाहरुलाई सहज प्रसुती सेवाको पहुँचमा पुर्याउन र संस्थागत सुत्केरी गराउनेको संख्यामा वृद्धी गर्न सहयोग गरिएको निवर्तमान अध्यक्ष लालबहादुर ओलीले बताए । सामानको सही सदुपयोग र लक्षित समुदायले सेवा पाएपछि मात्र सहयोग गरिएको सार्थकता हुने ओलीको भनाई छ । पीसविनले यस अघि पनि एक दर्जन बढी स्वास्थ्य संस्थामा उक्त समान सहयोग गरेको थियो ।

318 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank