बिल गेटसलाई उछिन्दै अरनाल्ट बने विश्वकै धनी, अम्बानी १३ औं स्थानमा

शुक्रबार, साउन ३, २०७६



 एजेन्सी । दुनियाँको सबैभन्दा धनी व्यक्तिको सूचीबाट बिल गेट्स बाहिरिएका छन् । विश्वमा धनी व्यक्तिको सूचीमा सन् १९८५ देखि एकलौटी सर्वोच्च स्थान जमाउँदै आइरहेका बिल गेट्सलाई पछार्दै  बर्नाड अरनाल्टले आफ्नो नाम  स्थापित  गर्न सफल भएका हुन्  ।

लुई विटन मोएत हेनेसीको सीईओ एवम् चेयरम्यान बर्नाडको कुल नेटवर्थ १०८ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलिनियर इन्डेक्सको सूचीमा  बर्नाड पहिलोपटक अग्रस्थानमा  आइपुगेका हुन् । यस भन्दा पहिले उनी दोस्रो स्थान सम्म उक्लिएका थिए । यस्तै बिल गेट्सको नेटवर्थ १०७ अर्ब डलर रहेको छ ।

लोरियलको उत्तराधिकारी फ्रान्कोश बेटेनकोर्ट मेयर दुनियाँको सबैभन्दा धनि महिला हुन् । उनी यस सूचीमा नवौं नम्बरमा सुरक्षित छिन । गुगलको को- फाउण्डर ल्यारी पेज १० औं स्थानमा छन् । यस्तै भारतका मुकेश अम्बानी ५१.८ अरब डलर सम्पति सहित १३ औं नम्बरमा परेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata